बच्चाको ‘हाइट’ बढाउन पिउन दिनुस् यी जुस

नेपालभ्युज

बच्चाको ‘हाइट’ बढाउन पिउन दिनुस् यी जुस

एजेन्सी। बच्चाको हाइट नबढ्दा प्राय: आमाबुबा चिन्तित हुन्छन् र उनीहरूलाई विभिन्न किसिमका औषधिहरू तथा प्रशोधित खानेकुराहरू पनि दिने गर्दछन् । जो नोक्सानदायक हुन सक्छ ।

तपाईं बच्चालाई आफैँ घरमा विभिन्न खाले जुस बनाएर पनि दिन सक्नुहुन्छ । जसले बच्चाको कद र तौल दुवै बढ्न सहयोग पुग्नेछ ।

स्ट्रबेरी जुस– स्ट्रबेरीको जुस पिउँदा तपाईंको बच्चाको हाइट बढ्न सक्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । जो हड्डीको विकासका लागि एकदमै सहयोगी हुन्छ । साथै, यसमा क्याल्सियम, जिंक, म्याग्नेसियम, प्रोटिन तथा फस्फोरस पनि पाइन्छ जो हाइट बढाउनका लागि सहयोगी हुन्छ ।

पालकको जुस– यसको सेवन बच्चालाई गराउँदा उनीहरूको शरीरमा आवश्यक तत्वहरूको पूर्ति हुन्छ । साथै इम्युनिटी बढाउनका लागि पनि पालक एकदमै फाइदाजनक छ । यसलाई हल्का उमालेर सेलाएर पिसेर जुस बनाउन सकिन्छ ।

सुन्तलाको जुस– क्याल्सियम, फाइबर, आइरन, फस्फोरस तथा भिटामिन ‘सी’ले भरिपूर्ण सुन्तलाको जुस पनि बच्चाको हाइट बढाउनका लागि एकदमै सहयोगी हुन्छ। यसलाई पिउँदा बच्चाको हाइट बढ्छ ।

बनाना सेक– केरा तथा दूधलाई मिसाएर बनाइएको बनाना सेक पिउँदा पनि हाइट तथा तौल नियन्त्रण गर्नका लागि एकदमै फाइदाजनक हुन्छ । यसले बच्चा यदि कम तौलको छ भने पनि फाइदा गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved