‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’ : उत्तर कोरिया

नेपालभ्युज

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’ : उत्तर कोरिया

प्योङयोङ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलोपटक सैन्य जासुस भू-उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी भू-उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि, प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउन सक्ने अनुमान गरिएको थियो ।

विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामेरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भू-उपग्रहमा त्यस्ता क्यामरा छन् वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका प्रक्षेपणका तस्वीर शक्तिशाली क्यामराले नखिचिएकाले अझै पनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाइ छ।

मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य टोलीले  भू-उपग्रह महत्वपूर्ण हुने बताउँदै खुफिया सूचना सङ्कलन गर्ने भू-उपग्रहबारे जानकारी लिएका थिए । वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएको बताइएको छ।

उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले गरेको बृहत् सैन्य अभ्यासबाट अझ रिसाएको उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved