गोविन्दराज जोशी र दिनेश कोइरालासहितको कारबाही फुकुवा

नेपालभ्युज

गोविन्दराज जोशी र दिनेश कोइरालासहितको कारबाही फुकुवा

काठमाडौं । नेपाली कांग्रेसले चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको छ । जसअनुसार पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालासहितका नेता कार्यकर्ताको कारबाही फुकुवा भएको हो ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार एक विज्ञप्ति जारी गर्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरुको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरुको कारबाही फुकुवा गरेको जानकारी दिए ।

२०७४ सालमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका थिए भने  कोइरालाले गत चुनावमा चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘२०७४ साल र २०७९ सालमा भएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरीतका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चीतवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved