ढाकाकुमार सांसद नरहेको रास्वपाको पत्र संसद सचिवालयमा

नेपालभ्युज

ढाकाकुमार सांसद नरहेको रास्वपाको पत्र संसद सचिवालयमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयका महासचिवलाई लेखेको पत्र बिहीबार दर्ता गराएका हुन् ।

पत्रमा प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीले २०७९ चैत्र २९ गते विधानको व्यवस्थाअनुसार कारबाही गरेको उल्लेख गरिएको छ । ‘केन्द्रीय समितिको बैठकले पार्टी विधानको धारा ५६ बमोजिम पार्टी सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज (दलबाट निष्काशन) गर्ने निर्णय गरेको जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ ।

पत्रमा अगाडि भनिएको छ, ‘सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भएकाले उक्त रिक्त पदमा कानुनबमोजिम पद पूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहुन अनुरोधसहित राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सादर सूचित गराउँदछौं ।’

संसद सचिवालयले पत्र अध्ययन गरेर कानुनी प्रक्रियाअनुसार सभामुखलाई बुझाउने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved