रविको दाबी- ५ वर्षभित्र हाम्रै नेतृत्वमा सरकार बनाउँछौँ

नेपालभ्युज

रविको दाबी- ५ वर्षभित्र हाम्रै नेतृत्वमा सरकार बनाउँछौँ

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो ५ वर्षभित्र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाबी गरेका छन् ।

बिहीबार तनहुँ क्षेत्र नं. १ का रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा मत माग्दै यस्तो बताएका हुन् । “अब हामी पाँच वर्षभित्र हाम्रै नेतृत्वको सरकार बनाउनेगरी घण्टी बजाउँछौँ । गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशअनुसार २० सांसद निर्वाचित भए । अबको पाँच वर्षपछि हाम्रै नेतृत्वमा सरकार बनाउने गरी घण्टी बज्नेछ,” उनले भने ।

उनले आफूलाई चितवनका बासिन्दाले जस्तै तनहुँका बासिन्दाले स्वर्णिमलाई जिताउने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved