वर्षको अन्तिम दिन सेयर बजार ओरालो

नेपालभ्युज

वर्षको अन्तिम दिन सेयर बजार ओरालो

काठमाडौं। वर्ष २०७९ को अन्तिम दिनको कारोबारलाई हेर्दा सेयर बजार निराशाजनक देखिएको छ। अर्थात् वर्षकै अन्तिम कारोबार घटेर बन्द भएको छ। यो वर्ष र यस साताको अन्तिम कारोबार भएको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा १.४८ प्रतिशतले गिरावट आएको हो।

नेपाल राष्ट्र बैंकको तर्फबाट पत्रकार सम्मेलन गर्दै मौद्रिक नीति खुकुलो बनाउने कुरा र नयाँ वर्ष वैशाख १ देखि निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयसँगै बुधबार नेप्सेमा ९२.२२ अंकको वृद्धि भएको थियो।

बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ। बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो।

विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमूलक उपसूचक २.३३ प्रतिशतले घटेको छ। यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.५६ प्रतिशतले गिरावट भएको छ।

बुधबार १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार भने घटेर १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

४४ हजार ७०८ वटा कारोबारमा ४९ लाख १३ हजार ७०२ कित्ता धितोपत्र खरिद हुँदा उक्त रकमको कारोबार भएको हो ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ६ करोड र एनआईसी एसिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार नेप्सेमा कुल २१८ कम्पनीको सेयर कारोबार हुँदा १८६ कम्पनीको सेयरमूल्यमा गिरावट आएको देखियो। कारोबार भएकामध्ये आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.९५ प्रतिशतले वृद्धि भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved