आईपीएल : चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

नेपालभ्युज

आईपीएल : चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई  हरारएको छ । गएराती भएको खेलमा चेन्नईलाई ३ रनले हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा २१ रन चाहिएकोमा चेन्नइले १७ रन मात्रै बनायो ।

चेन्नईका डेभोन कन्वेले ५० रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । अजिक्का राहाने ३१ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।राजस्थानका जोस बटलरले ५२ रनको अर्धशतकीय पारी खेले । देवदत्त पडिकलले ३८ तथा रविचन्द्रन आश्विन र सिम्रन हेटमायरले ३०/३० रन बनाए ।

चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २/२ तथा मोइन अलिले १ विकेट लिए । चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो । चेन्नई ४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved