कोरोनाबाट १ जनाको मृत्यु, थप १२१ जनालाई संक्रमण

नेपालभ्युज

कोरोनाबाट १ जनाको मृत्यु, थप १२१ जनालाई संक्रमण

काठमाडौं। कोरोना भाइरस संक्रमणपछि उपचारका क्रममा आज पनि एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या दैनिक बढिरहेको छ।

मंगलबार १ सय ६ जनामा संक्रमण र एकको मृत्यु भएको थियो। पुस २३ मा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसयता मंगलबार मात्रै मृत्युको खबर आएको हो।

हाल देशभर कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved