बाबुराम भन्छन्- ‘वैकल्पिक शक्ति निर्माणबाहेक अरु सबै भ्रम !’

नेपालभ्युज

बाबुराम भन्छन्- ‘वैकल्पिक शक्ति निर्माणबाहेक अरु सबै भ्रम !’

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान जारी रहेको र योबाहेक अरु कुरा भ्रम मात्रै भएको बताएका छन्।

सुदूरपश्चिमको टिकापुरदेखि गुलरिया,नेपालगञ्ज,कपिलवस्तु,बुटवल भैरहवा हुँदै संघीय राजधानी काठमाडौं फर्केपछिको अनुभूति भन्दै बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् यो धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वप्रधानमन्त्री डा.भट्टराईले भनेका छन्–‘यात्रामा थुप्रै साथी-शुभचिन्तकसँग संवाद गर्ने अवसर मिल्यो। देशको संकटग्रस्त अर्थ–राजनीतिबारे चिन्ता र चासो पाइयो।

उनले त्यसैमा थप लेखेका छन्–‘नेसपा माकेमा विलय भएको वा हुन लागेको भ्रम छरिएको पनि बुझियो।’ उनले देशको गम्भीर संकट तथ्य हो तर, यसको गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुन नसक्ने पनि बताएका छन्। तर, सत्तामा रहेका साथीहरू संरचनात्मक सुधार गर्नेतिर भन्दा सत्ताको अंकगणितमै तल्लीन देखिनु बढी चिन्ताको विषय भएको उनको ठहर छ। ‘यसवारे अहिले यत्ति !’ उनले भनेका छन्।

यसैगरी, नेसपा नयाँ शक्तिदेखि विभिन्न घुम्ती हुँदै पुनः नयाँ वैकल्पिक शक्ति बन्ने कोशिसमा रहेको पनि उनले लेखेका छन्।

उनले वैकल्पिक शक्ति निर्माणका दुई बाटो रहेको भन्दै लेखेका छन्–‘पहिलो, माके लगायतका पुराना शक्तिसमेत पुनर्संरचित भएर नयाँ समाजवादी शक्ति-केन्द्र निर्माण गर्ने बाटो ! दोश्रो, नयाँ उदीयमान अग्रगामी शक्तिहरूसँग सहकार्य गर्दै वैकल्पिक प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्ने बाटो ! अरू भ्रम हुन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved