काठमाडौं विश्वको सातौँ प्रदुषित सहर

नेपालभ्युज

काठमाडौं विश्वको सातौँ प्रदुषित सहर

काठमाडौं। काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ ।

विश्वभरको प्रदुषण सुचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ । काठमाडौंको वातावरण स्वास्थ्यको लागि घातक मानिएको छ ।

देशका धेरै ठाउँमा आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको छ । यस्तै, गाडीबाट निस्कएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ ।

केही दिनदेखि पानी नपरेकाले प्रदूषण वामण्डलमा थुप्रिएर बस्दा तुवाँलो लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार एक दुई दिन अझै पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved