तनावको जिन्दगी बाँचिरहेकी समीक्षा लामो समयको लागि विदेशमा, के अब पलायन हुँदैछिन् ?

एक वर्षयता सामाजिक सञ्जालमा व्यापक गाली गलौचको सिकार बन्दै आएकी उनी लामो समय उतै बस्ने मनसायले अस्ट्रेलिया पुगेकी हुन्। साङ्गीतिक क्षेत्रमा उचाइ गरिँदागरिँदै उनी विदेशमै पलायन हुने हुन् कि भन्ने फ्यानलाई चिन्ता छ।

नेपालभ्युज

तनावको जिन्दगी बाँचिरहेकी समीक्षा लामो समयको लागि विदेशमा, के अब पलायन हुँदैछिन् ?

काठमाडौं। केही समययता तनावको जिन्दगी बाँचिरहेकी चर्चित गायिका समीक्षा अधिकारी अस्ट्रेलिया पुगेकीछिन्। एक वर्षयता सामाजिक सञ्जालमा व्यापक गाली गलौचको सिकार बन्दै आएकी उनी लामो समय उतै बस्ने मनसायले अस्ट्रेलिया पुगेकी हुन्। साङ्गीतिक क्षेत्रमा उचाइ लिँदैगर्दा उनी विदेशमै पलायन हुने हुन् कि भन्ने फ्यानलाई चिन्ता छ।

उनी गत मंगलबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् । दिदी शर्मिला खत्रीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्दै गरेका केही भिडिओहरू यतिबेला टिकटकमा चर्चामा छन्।

विभिन्न टिकटक अकाउन्टहरूबाट सार्वजनिक उनलाई बिदाइ गरिएका भिडियोहरूको क्याप्सनमा अस्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ। टिकटकमा भेटिएका उनका भिडिओ र अस्ट्रेलियामा पुगेपछि उनका आफन्तले गरेको स्वागतले उनी लामो समयका लागि अस्ट्रेलिया गएको अनुमान गरिएको छ ।

उनका केही आफन्तका अनुसार अब झन्डै तीन चार महिना उतै रहने बताइएको छ। तर समीक्षाले यस विषयमा केही बोलेकी छैनन्।
उनले गाएका ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’, ‘माया मारेर’, ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, ‘धनगढीको बसमा’ लगायतका थुप्रै गीत हिट छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved