गर्मीमा तरभुजा खानुका फाइदा

नेपालभ्युज

गर्मीमा तरभुजा खानुका फाइदा

एजेन्सी । गर्मी मौसममा शरीरलाई पानीको मात्रा एकदमै धेरै चाहिने गर्दछ । यस्तोमा मौसमी फल तरभुजाबाट पनि हामीले पानीको मात्रालाई पूर्ति गर्न सक्छौं ।

तरभूजा स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसभित्र कैयौं पोषक तत्व तथा एन्टीअक्सीडेन्ट गुणहरु भरपूर मात्रामा पाइने गर्दछ ।

तरभुजामा पाइने फाइदाहरु–

रोग प्रतिरोधी क्षमता बढाउँछ

तरभुजामा भिटामिन सी पाइन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । तरभुजामा पाइने भिटामिन ए र बीटा क्यारोटिनले छाला तथा कपाललाई स्वस्थ बनाउन मद्दत गर्छ ।

तौल कम गर्छ

यसमा क्यालोरी एकदमै कम हुन्छ जसले गर्दा तौल कम गर्न मद्दत गर्छ । १०० ग्राम तरभुजामा जम्मा ६.२ ग्राम चिनी पाइन्छ ।

मुटु स्वस्थ बनाउँछ

तरभुजामा पाइने लाइकोपीनले कोलेस्ट्रोल कम गर्ने र रक्तसञ्चारलाई नियन्त्रित गर्ने काम गर्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

आँखाको रोशनी

यसमा पाइने लाइकोपीनले आँखाको स्वास्थ्य पनि राम्रो बनाउँछ । यसले आँखा पोल्ने समस्यालाई पनि कम गर्दछ ।

दाँत स्वस्थ बनाउँ

तरभुजामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ जसले दाँत तथा गिँजाहरुलाई बलियो बनाउन सहयोग गर्छ । साथै यसले दाँतलाई सेतो पनि बनाउँछ ।

हाइड्रेन्ट बनाउँछ

गर्मीमा तरभुजा खाँदा शरीर हाइडे«ट भइरहन्छ । जसले गर्दा तपाईंलाई डिहाइडे«शनको समसया हुँदैन । यस फलमा ९२ प्रतिशत झोलिलो पदार्थ हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved