कर्णालीमा एमालेलाई सरकारबाट हटाउँछौं : जनार्दन शर्मा

केन्द्रमा भएको सत्ता गठबन्धनसँगै अबको केही दिनमा कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने शर्माले बताए ।

नेपालभ्युज

कर्णालीमा एमालेलाई सरकारबाट हटाउँछौं : जनार्दन शर्मा

सुर्खेत । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीमा एमालेलाई सरकारबाट हटाउने बताएका छन्।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग नेता शर्माले केही दिनमै केन्द्रको राजनीतिक संयन्त्रबाट कर्णाली प्रदेश सरकारलाई सरकारमा एमाले हटाएर कांग्रेसलाई सहभागी गराउन निर्देशन आउने बताए ।

कर्णालीमा आलोपालो माओवादी केन्द्र र कांग्रेसले सरकारको नेतृत्व गर्ने र अहिलेको सरकारले नै निरन्तरता पााउने पनि उनले बताए।

‘यो अलमल धेरै रहँदैन। केन्द्रीय गठबन्धनको नेतृत्वले केही दिनमै यहाँको अलमल हटाउने गरि निर्देशन दिन्छ’ उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो ‘डिपलभ’ परेको छैन। यहाँ कांग्रेस सरकारमा सहभागी हुन्छ । आलोपालो सरकारको नेतृत्व गर्ने गरि कांग्रेस र माओवादीबीचमा सहमति भइसकेको छ।’

केन्द्रमा भएको सत्ता गठबन्धनसँगै अबको केही दिनमा कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने शर्माले बताए ।

शुक्रबार बिहान नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीसँग सरकारका बिषयमा छलफल भएको समेत शर्माले जानकारी दिए । ‘माओवादी नेतृत्वको सरकारमा कांग्रेसका मन्त्री सहभागी हुने र एमालेले पाएको सभामुखलाई केही हुदैँन्।’ उनले भने, ‘कर्णालीमा सरकार परिवर्तन नभइ यही सरकारमा अन्य दल सहभागी हुनेछन्।’

कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्माले चैत्र १७ गते विश्वासको मत लिदाँ कांग्रेससहित एमाले पनि पक्षमा उभिएको थियो। कर्णालीमा हाल एमालेका तीन जना मन्त्री छन् भने कांग्रेस विश्वासको मत दिएर पनि सरकार बाहिर छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved