प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने, आज गीत रिलिज गर्दै

गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन्। शुक्रबार सकम्बरी गीत सार्वजनिक गर्न लागेको पनि प्रकाशले जानकारी गराएका छन्।

नेपालभ्युज

प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने, आज गीत रिलिज गर्दै
फाइल तस्वीर

काठमाडौं। गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन्। शुक्रबार सकम्बरी गीत सार्वजनिक गर्न लागेको पनि प्रकाशले जानकारी गराएका छन्।

उनले यसअघि पनि सामाजिक र राजनीतिक विषयमा गीतहरू सार्वजनिक गर्दै आएका छन् । प्रकाश यतिबेला हिमालय लोकस्टारको होस्टको रूपमा व्यस्त छन्। उनी अभिनीत फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शन हुने तयारीमा छ। आगामी वर्ष आउने आफ्ना सिर्जनाहरू जातीय विभेदविरुद्ध हुने उनले उल्लेख गरेका छन्।

फेसबुकमा प्रकाश लेख्छन्, ‘‘अलि हतार गरेर यो गीत यही वर्ष २०७९ भित्रै प्रकाशन गर्दैछु । किनकि अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेदविरुद्धको वर्ष’ भनेर गर्ने सोच बनाएको छु। केही सिर्जना जातीय विभेदविरुद्ध आउनेछन्। मलाई विश्वास छ जसरी अघिल्ला सिर्जनामा नजानिँदो गरी देखाइएका सामाजिक विषयलाई गम्भीर रूपमा लिनुभएको छ। यसरी नै आगामी सिर्जनाका विषयलाई पनि साझा मुद्दाको रूपमा लिनुहुनेछ। मनन गर्नुहुनेछ। चाहे जति नै निरुत्साहित गरियोस् व्यावसायिक हिसाबले मनोरञ्जन प्रदान गर्ने र जिम्मेवार नागरिक हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।’’

(शुक्रबार) सकम्बरी गीत सार्वजनिक गर्न लागेको पनि प्रकाशले जानकारी गराएका छन्। उनले यसअघि पनि सामाजिक र राजनीतिक विषयमा गीतहरू सार्वजनिक गर्दै आएका छन्। प्रकाश यतिबेला हिमालय लोकस्टारको होस्टको रूपमा व्यस्त छन्। उनी अभिनीत फिल्म ‘परदेशी २’ आगामी दसैँमा प्रदर्शन हुने तयारीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved