सेयर बजार ८ अंकले वृद्धि, कारोबार भने ८१ करोडमा खुम्चियो

नेपालभ्युज

सेयर बजार ८ अंकले वृद्धि, कारोबार भने ८१ करोडमा खुम्चियो

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि भएको छ।

आज १.०४ प्रतिशतले बढेर १८ सय ७५.०७ अंकको विन्दुमा पुगेको नेप्सेो कारोबार रकम भने ८१ करोड ६० लाख ४६ हजार रुपैयाँमा खुम्चिएको छ।

म्यानु एन्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमशः ०.१० प्रतिशतले , ०.५२ प्रतिशतले र ०.४१ प्रतिशतले घट्न पुगेको छ ।

बुधबार सेयर  बजारमा २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्यमा स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved