अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुन अघि बढ्ने

चितवनमा अलपत्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले रङ्गशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

नेपालभ्युज

अलपत्र गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम पुन अघि बढ्ने

काठमाडौं। चितवनमा अलपत्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले रङ्गशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।

सोमबारको मन्त्रिपरिषद्को निर्णयसँगै अब चितवनको क्रिकेट रङ्गशाला निर्माणको काम अगाडि बढ्ने भएको छ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रङ्गशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ। कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले रङ्गशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए।

फाउन्डेसनका संस्थापक कट्टेलले रङ्गशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए। हालसम्म रङ्गशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ। तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो।

धुर्मुस सुन्तलीलाई प्रश्न गरौँ, प्लिज ! गालीचाहिँ नगरौँ

कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ। तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ।

चौरको काम ९५ प्रतिशत सकिएको छ। प्यारापिट तयार भएर भिआइपी टावर बनाउन थालिएको छ। टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदैछ। ८ वटा पिच बन्न बाँकी छ। तर दोस्रो टावरको काम हुँदै गर्दा काम रोकिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला स् परिबन्धको चक्रव्यूहमा धुर्मुस-सुन्तली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved