आईपीएल : चेन्नइले लखनउलाई १२ रनले हरायो

नेपालभ्युज

आईपीएल : चेन्नइले लखनउलाई १२ रनले हरायो

काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले हराएको छ ।

चेन्नइमा जितको लागि २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर २ सय ५ रन बनायो । उसका कायल मेयर्सले २२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

यस्तै केएल राहुलले २०, निकोलस पुरनले, ३२ आयुष बदोनीले २३ र मार्कुस स्टोनिसले २१ रन बनाए । बलिङ्तर्फ  चेन्नइका मोइन अलीले ४ र तुसार देशपाण्डेले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नइका लागि रुतुराज गाइकवाडले ५७, देवन कनवेले ४७, शिवम दुवे र अम्बायती रायडुले २७ रन बनाए । लखनउका मार्क उडले ३ विकेट लिए ।

चेन्नइले पहिलो जित निकालेको छ भने लखनउले पहिलो हार बेहोरेको छ । दुवै टोलीको दुई दुई अंक छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved