चितवनका कांग्रेस नेता जगन्नाथ भन्छन्- मेरो समर्थन रवि लामिछानेलाई रहन्छ

चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन् । 

नेपालभ्युज

चितवनका कांग्रेस नेता जगन्नाथ भन्छन्- मेरो समर्थन रवि लामिछानेलाई रहन्छ

चितवन । चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने बताएका छन् ।

पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘मेरो समर्थन रास्वपालाई रहन्छ ।’ चितवन २ मा कांग्रेसले पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । तर, उनले भने रविलाई समर्थन गर्ने बताएका हुन् ।

उनले देशले छोटो समयमा रूपान्तरण खोजेको र त्यसका लागि ठिक पार्टी रास्वपा रहेको बताए । ‘त्यो रूपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान् व्यक्तिहरूको आवश्यकता छ,’ उनले भने, ‘त्यो समूह भनेको स्वतन्त्र पार्टीहरूको समूह हो । त्यो भएको हुनाले उहाँहरूलाई सहयोग गर्दाखेरि देशले निकास पाउँछ भन्ने लाग्छ । त्यसैले मेरो समर्थन रहन्छ ।’

पार्टी प्रवेशबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘अहिले समर्थन मात्र रहन्छ ।’ पौडेल रविसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।

गत स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल बागी उम्मेदवारका रूपमा थिए ।

एमालेले चितवन क्षेत्र नं. २ मा रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved