खप्तड गोल्डकप : साविक विजेता मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी साविक विजेता मनाङ मस्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

नेपालभ्युज

खप्तड गोल्डकप : साविक विजेता मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन

धनगढी । थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी साविक विजेता मनाङ मस्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

तेस्रो पटक फाइनल पुगेको थ्री स्टार पहिलो पटक उपाधि जित्न सफल भयो । थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान विक्रम लामाले गोल गरे ।

अनिलले ७३ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको पाचौं मिनेटमा विक्रमले गोल गरे ।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता मनाङले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै थ्रीस्टारका विक्रम लामाले नगद एक लाख प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक थ्रीस्टारका मोहमद ताहा, उत्कृष्ट रक्षक थ्रीस्टारकै पिटर सेगनु, उत्कृष्ट मिडफिल्डर मनाङका विसोन गुरुङ, सर्वाधिक गोलकर्ता मनाङकै सायीजमल, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र उदयमान खेलाडी सुदूरपश्चिम ११ का दिपेन्द्र मलासी भए । उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा लगायतले पुरस्कार वितरण गरे ।

चैत ९ गते सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी, मोससलको एक क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved