थानेश्वर गौतमको ‘सारा संसार एकतर्फी’मा जीबी चिरन र रोशनीको मार्मिक अभिनय

चर्चित गायक थानेश्वर गौतम र र निशा केसीको स्वरमा रहेको गीत ‘सारा संसार एकतर्फी’ गीतको भिडिओमा चर्चित मोडल चिरञ्जीवी सापकोटा ‘जीबी चिरन’को हृदयबिदारक अभिनय छ।

नेपालभ्युज

थानेश्वर गौतमको ‘सारा संसार एकतर्फी’मा जीबी चिरन र रोशनीको मार्मिक अभिनय

काठमडौं। चर्चित गायक थानेश्वर गौतम र र निशा केसीको स्वरमा रहेको गीत ‘सारा संसार एकतर्फी तिमी अर्काेतर्फी, तिमीलाई हेर्छु सानु म त फर्की फर्की’ गीतको भिडिओ सार्वजनिक भएको छ। थानेश्वर गौतमको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भिडिओमा चर्चित मोडल चिरञ्जीवी सापकोटा ‘जीबी चिरन’को हृदयबिदारक अभिनय छ।

जीबी चिरनलाई मोडल रोशनी कार्कीले साथ दिएकी छिन्। जीबी चिरन र रोशनीको जोडी म्युजिक भिडिओमा धैरै पटक देखिइसकेको छ।
यो गीतमा भने दुईबीचको प्रेमलाई घरपरिवार र समाजले साथ नदिएको र छुटाउन यातना दिएको विषयबस्तलाई भिडिओमा मार्मिक ढङ्गबाट उठाइएको छ।

भिडिओमा विकाश खनाल, राजकुमार सिंह ठकुरी, सविन गौतम, अञ्जना दुलाल र युवराज भट्टराईले पनि अभिनय गरेका छन्। सृजन बराल ऋषिले भिडिओ निर्देशन गरेका हुन्।
प्रभा बर्तौलाले लेखेको गीतमा सङ्गीत गायक गौतमकै रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved