मन्त्रिपरिषद् विस्तार शुक्रबार, विवाद रहेको मन्त्रालयबारे प्रधानमन्त्रीले छुट्टै छलफल गर्ने 

लामो रस्साकस्सीपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। यसअघि बुधबार र बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि कुन मन्त्रालय कसले लिने भन्ने सहमति नजुट्दा बिस्तार हुन सकेको थिएन।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तार शुक्रबार, विवाद रहेको मन्त्रालयबारे प्रधानमन्त्रीले छुट्टै छलफल गर्ने 

काठमाडौं। लामो रस्साकस्सीपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ। यसअघि बुधबार र बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि कुन मन्त्रालय कसले लिने भन्ने सहमति नजुट्दा अड्किएको छ ।

विशेष गरी प्रभावशाली मन्त्रालयमा धेरै दलको दाबी भएपछि मन्त्रीपरिषद् बिस्तार लम्बिएको हो। बिहीबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा सहमति जुटेकाले शुक्रबार मन्त्रीपरिषद् बिस्तार हुने र अपराह्न ३ बजे शपथ हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

केही मन्त्रालयको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै छलफल गर्ने जनाइएको छ।

कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २-२ तथा जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १-१ मन्त्रालय पाउने समझदारी छ। आम जनता पार्टीबाट प्रभु साह पनि मन्त्री बन्ने बताइएको छ ।

गठबन्धन बैठकमा आफूलाई चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved