साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने, मन्त्रीको नाम पठाउँदै दलहरू

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए । सबै दललाई भागबन्डा गरिएको छ।

नेपालभ्युज

साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने, मन्त्रीको नाम पठाउँदै दलहरू

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धन दलहरूबीच सरकार विस्तारका लागि बुधबार सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले मन्त्रालय बाँडफाँटको टुङ्गो लगाएको थियो ।

आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तारको तयारी रहेको भन्दै दिउँसोसम्म मन्त्री बन्नेको नाम पठाउने दलहरुको तयारी छ। मन्त्री छान्नकै लागि केही दलले आन्तरिक बैठक बोलाएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए । सबै दललाई भागबन्डा गरिएको छ।

सहमति अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५ र नेकपा एकीकृत समाजवादीलाई २ मन्त्रालय दिने बताइएको छ । जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई १ मन्त्री र एक राज्यमन्त्री तथा नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने गरी बाँडफाँटको सहमति जुटेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved