एकीकृत समाजवादीबाट वेदुराम र प्रकाश मन्त्री बन्ने

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट पहिलो चरणमा उपाध्यक्ष डा. वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

नेपाल भ्युज

एकीकृत समाजवादीबाट वेदुराम र प्रकाश मन्त्री बन्ने

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट पहिलो चरणमा उपाध्यक्ष डा. वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

बुधबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रीका रूपमा भुसाल र ज्वालालाई पठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले ३ मन्त्रलायको दाबी छाडेको छैन । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने २ मन्त्रालय लिएर सरकारमा आउन भनेका छन् । सोहीअनुसार एकीकृत समाजवादीले पहिलो चरणमा २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

भुसालले कृषि, शिक्षा र श्रममध्ये एक मन्त्रालय लिनेछन् भने ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नेछन् ।

भुसाल राष्ट्रिय सभा सदस्य हुन् भने ज्वाला प्रतिनिधि सभा सदस्य हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved