मोटरसाइकल दुर्घटनामा बाबुआमाको मृत्यु, छोरी गम्भीर

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा बाबुआमाको मृत्यु, छोरी गम्भीर

काठमाडौं ।  ललितपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी गम्भीर भाइते भएकी छन् ।

ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भइ महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी पाँच वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवाश्यक अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved