मिटर ब्याज पीडितको धर्नामा पुगेर गृह सचिवले भने- ‘माग पुरा हुन्छ, धर्ना त्याग्नुहोस्’

पीडितहरु धर्ना बसेको ठाउँ टंगालमा पुगेर गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले सरकारले माग पुरा गर्ने आश्वासन दिँदै धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन्

नेपालभ्युज

मिटर ब्याज पीडितको धर्नामा पुगेर गृह सचिवले भने- ‘माग पुरा हुन्छ, धर्ना त्याग्नुहोस्’

काठमाडौं । सरकारले मिटर ब्याज पीडितलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।

पीडितहरु धर्ना बसेको ठाउँ टंगालमा पुगेर गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले सरकारले माग पुरा गर्ने आश्वासन दिँदै धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।

‘सरकारले व्यवहारिक र कानुनी दुवै बाटोबाट तपाइँहरुका माग सम्बोधन गर्न आजैदेखि काम थाल्छ, धर्ना स्थगित गर्नुहोस् ।’ सिँहले भनेका छन् ।

संघर्ष समितिका संयोजक मनोज पासवानले गृह सचिवसँगको भेटमा आफूहरुले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको बताएका छन् ।

उनिहरुले मिटरब्याज पीडितले न्याय पाउनको लागि कानुन नै परिवर्तन गर्नुपर्ने भएकाले नयाँ कानुनको माग गरेका छन् । पीडितहरुले प्रधानमन्त्री निवास घेराउ गर्ने लक्ष्य लिएका छन् । तर उनिहरुलाई प्रहरीले टंगालमै रोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved