ललितपुर मेयर्स कप : मधेसको पहिलो जित

नेपालभ्युज

ललितपुर मेयर्स कप : मधेसको पहिलो जित

काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेसले ललितपुर मेयर्स–११ लाई १ विकेटले पराजित गरेको हो।

९७ रनको झिनो लक्ष्य मधेसले ६ बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। मधेसको लागि सरस्वती चौधरीले अविजित ३२ र अलिशा यादवले १६ रन जोडे। कृतिका मरासैनी र सोनी पाख्रिनले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको ललितपुरले ९६ रन बनायो। ललितपुरको लागि सोनी पाख्रिनले ३४ र लक्ष्मी चौधरीले २३ रन जोडिन्।

मधेसका लागि भने सरस्वती चौधरीले २ तथा अनुराधा चौधरी रोजी कडारी र कविता गौतमले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved