चुप लाग्दा पनि स्वास्थ्यमा यति धेरै लाभ ?

नेपालभ्युज

चुप लाग्दा पनि स्वास्थ्यमा यति धेरै लाभ ?

एजेन्सी । आज हामी जुन युगमा बाँचिरहेका छौं त्यहाँ प्रविधिको एकदमै महत्वपूर्ण भूमिका छ ।

मानिसहरु एकान्तको खोजीमा त भौंतारिरहेका छन् तर त्यहीँ प्रविधिभित्रै आफूलाई हराइरहेका छन् । तर एक पटक सोंच्नुहोस् सबैभन्दा धेरै तपाईंको मानसिक तथा शारीरिक स्वास्थ्य महत्वपूर्ण छ । यदी यही नै बिग्रियो भने जीवन व्यर्थ हुन्छ ।

त्यसैले केही समय यस्ता उपकरण तथा प्रविधिबाट टाढा रहेर आफूलाई मौन राख्नुहोस् । यसले तपाईंको शारीरिक सँगै मानसिक स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्नेछ ।

विशेषज्ञहरु तथा विभिन्न अध्ययनहरुले पनि पुष्टि गरेको कुरा हो, यस्तो हल्लाखल्लाको दुनियाँमा केही समय मौन रहनु भनेको स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । छोटो समय भए पनि शान्त रहँदा मानसिक तथा शारीरिक दुबैमा सकारात्मक प्रभाव पर्दछ । जानौं मौन रहनुका फाइदाका बारेमा–

– रक्तचाप कम गर्न सकिन्छ ।
– एकाग्रता तथा ध्यानमा सुधार आउँछ ।
– तनावपूर्ण विचारधाराहरुलाई शान्त पार्ने काम गर्छ ।
– केहीबेर शान्त बस्दा पनि मस्तिष्कको विकासलाई सहयोग मिल्छ ।
– कोर्टिसोल हर्मोन कम गर्दछ ।
– तपाईंभित्र रहेको रचनात्मकतामा वृद्धि हुन्छ ।
– राम्रो निद्रा लाग्न सहयोगी हुन्छ ।
– दिमागीरुपमा स्वस्थ महसुस गर्न सकिन्छ ।

खासगरी यो मौन रहनु भन्नुको अर्थ समस्याको बेला वा बोल्नुपर्ने ठाउँमा पनि चुप लाग्नु भने पक्कै होइन । यस्तो मौन भनेको दिनभरको ध्वनी प्रदुषणबाट केहीबेरका लागि टाढा रहनु हो ।  शान्त बसेको बेला लामो तथा गहिरो स्वास लिने तथा फाल्ने गर्दा अझै फाइदा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved