सत्ता साझेदार दलको बैठक बस्न सकेन

नेपालभ्युज

सत्ता साझेदार दलको बैठक बस्न सकेन
फाइल तस्वीर

काठमाडौँ ।  आइतबार साँझ बस्ने भनिएको सत्ता साझेदार दलको बैठक बस्न सकेन । मन्त्रिपरिषद् विस्तारका लागि बस्ने भनिएको उक्त बैठक प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आवश्यक गृह कार्य नपुगेको भन्दे नबसेको हो ।

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार  बैठक भोलि बस्नेछ । ति सदस्यले भने,  ‘आज सत्ता साझेदार दलको अनौपचारिक बैठक बस्ने भनिए पनि बस्न सकेन, भोलि दिनभरिमा शीर्ष तह छलफल गरेर मन्त्रालय भागबन्डा टुङ्गो लाग्ला ।’

सत्ता साझेदार दलका नेताहरूले आ-आफ्नो अडान  राखे पनि कसले कति मन्त्रालय पाउने भन्ने टुङ्गो अझै लागि नसकेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved