बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई छन्।

नेपालभ्युज

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

काठमाडौं। बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। शुक्रवार उनीहरूलाई नेपाल फर्काइएको हो।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई छन्।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्।

उनले विदेशमा पुर्‍याई अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन्।

उनले भनिन् ‘‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईँहरूलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ ।’’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ जना महिलाहरूलाई ललाईफकाई बेलारुस पुर्‍याइ अलपत्र पारिएका महिलाहरूलाई स्वदेश फर्काइएको बताइन्।

भिजिट भिसामा बेलारुस पुर्‍याइएका ९ जना महिला ३५ हजार डलरमा बेचिए

त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताइन्।

नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भनेपनी बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन्। आफूहरूले मेनवापर कम्पनीलाई बुझाएको २५ हजार डलर फिर्ता नपाएसम्म स्वदेश फर्कन नदिने भन्दै बन्धक बनाएको उनले बताइन्।

आकर्षक सेवा सुविधाको प्रलोभन देखाउँदै वसुन्धरामा रहेको ‘एभरेस्ट गोल्डेन फाउन्डेसन’ नामको म्यानपावर कम्पनीले आफूहरूलाई बेलारुस पुर्‍याई ३५ हजार डलरमा बेचेको पीडितले बताएका छन्।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो। उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो।


Comment

One thought on “बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

  1. मानव तस्कर म्यानपावर एजेन्टहरूलाई सरकार किन ज्वाइॅ बनाएर पोसिराख्छ ?
    ठाडै गिरफ्तार गरेर सोझै जेलमा जाक्नु पर्ने हैन- त्यस्ता ठग-दलालहरूलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved