मधेसमाथि एपीएफको सानदार जित

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले मधेस प्रदेशलाई १० विकेटले पराजित गरेको हो।

नेपालभ्युज

मधेसमाथि एपीएफको सानदार जित

काठमाडौं। ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगितामा साविक विजेता एपीएफले सानदार जित निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले मधेस प्रदेशलाई १० विकेटले पराजित गरेको हो।

५९ रनको झिनो लक्ष्य एपीएफले ७५ बल बाँकी छँदै पूरा गर्‍यो। एपीएफको लागि कप्तान सीता राना मगरले ३६ बलमा ९ चौका प्रहार गर्दै अविजित ४५ रन बनाइन्। ज्योति पाण्डेले भने १० बलमा १ चौका प्रहार गर्दै अविजित ८ रन जोडिन्।

पहिले ब्याटिङ गरेको मधेस १९.४ ओभरमा ५८ रनमा अलआउट भयो। मधेसका लागि सान प्रभिनले २५ रन जोडिन्। मधेसका अन्य खेलाडीको प्रदर्शन भने राम्रो हुन सकेन।

मधेसलाई प्याक गर्न सोनु खड्काले ४, सीता राना मगरले ३ तथा रेखा रावल, नेरी थापा र इन्दु बर्माले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved