फागुनसम्म ६ अर्बको विद्युतीय गाडी आयात

नेपालभ्युज

फागुनसम्म ६ अर्बको विद्युतीय गाडी आयात

काठमाडौं। नेपालमा डिजेल पेट्रोलका गाडी भन्दा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ। तथ्याङ्कअनुसार १ अर्ब ८४ करोड रुपैयाँको डिजेल र पेट्रोल गाडी आयात हुँदा ६ अर्बको विद्युतीय गाडी आयात भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार फागुन महिनासम्म पेट्रोलियम इन्धनका गाडीको तुलनामा विद्युतीय गाडीको आयात बढेको हो। सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्राथमिकतामा राखेको छ।

सरकारले ०७९ वैशाखदेखि मंसिरसम्म डिजेल पेट्रोलका गाडी आयातमा प्रतिबन्ध लगाएको थियो। डिजेल पेट्रोलका गाडी आयात प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीको आयात बढेको र बैंकको लगानी पनि विद्युतीयमा नै बढी छ।

बैंकहरूले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने गरेका छन्। तर, डिजेल पेट्रोल गाडीमा ५० प्रतिशत भन्दा बढी लगानी गर्दैनन्।

फागुन महिनासम्मको तथ्यांक हेर्दा ६ अर्ब १६ करोड रुपैयाँका विद्युतीय गाडी भित्रिएको देखिन्छ। जसमा १०० किलोवाटसम्मका १९ सय ५९ वटा आयात भएका छन्। २०० किलोवाटसम्मका ४४ वटा र ३०० किलोवाटसम्मका ६ वटा आयात भएको भन्सार स्रोतको भनाइ छ।

त्यस्तै, डिजेल र पेट्रोलका गाडी ११ सय १६ वटा आयात भएका छन्। जसमा ७ सय ८८ वटा पेट्रोल र ३ सय २८ वटा डिजेलका निजी प्यासेन्जर गाडी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved