भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो उपाधि

नेपालभ्युज

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो उपाधि

एजेन्सी। भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

चेन्नइमा तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भयो ।

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २ सय ६९ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । यसअघि भएको टेष्ट शृङ्खला भने भारतले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved