लण्डनमा मोदी सरकारविरुद्ध प्रदर्शन

शिख समूदायमाथिको कारबाही रोक्न र इन्टरनेट सुविधा पुनर्स्थापना गर्न पनि सहभागिले माग गरेका छन्। बेलायतका शिख संगठनहरूको महासंघ र विभिन्न सिख युवा समूहहरूले विरोध प्रदर्शन गरेका थिए।

नेपालभ्युज

लण्डनमा मोदी सरकारविरुद्ध प्रदर्शन

एजेन्सी। बेलायतको लण्डनमा शिख समूदायका व्यक्तिहरुले ठूलो प्रदर्शन गरेका छन् ।

बेलायतभरका सिख समुदायका धेरै सदस्यहरू सहित प्रदर्शनकारीहरूको ठूलो समूहले लन्डनमा भारतीय उच्चायोग बाहिर विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीमध्ये धेरैको हातमा खालिस्तानको झण्डा थियो, धेरैले अमृतपाल सिंह विरुद्ध भइरहेको कारबाही रोक्न माग गरेका छन् ।

उनिहरुले पञ्जाबमा आफ्ना परिवार र साथीहरूको सुरक्षाको बारेमा चिन्तित रहेको बताएका छन् ।

शिख समूदायमाथिको कारबाही रोक्न र इन्टरनेट सुविधा पुनर्स्थापना गर्न पनि सहभागिले माग गरेका छन्। बेलायतका शिख संगठनहरूको महासंघ र विभिन्न सिख युवा समूहहरूले विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले बेलायती सरकारलाई आफ्नो चिन्ता भारतीय अधिकारीहरूसामु राख्न माग गरेका छन् । यसअघि सोमबार भारतीय उच्चायोग बाहिर तिरंगाको अपमान गरेको कथित घटना बाहिर आएको थियो ।

यस घटनाको विरोध गर्न र भारतलाई समर्थन जनाउन मंगलबार भारतीय समुदायका धेरै मानिस तिरंगा लिएर त्यहाँ पुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved