छाला जवान बनाउन महको प्रयोग

नेपालभ्युज

छाला जवान बनाउन महको प्रयोग

एजेन्सी । मह छालाका लागि एकदमै राम्रो हुन्छ । यसको प्रयोगले तपाईंको छालामा चमक ल्याउनेछ साथै दागधब्बा हट्नेछन् ।

यसलाई प्रयोग गर्ने सही तरिका जानौं–

सामग्री

बेसन– २ चम्चा, मह– १ चम्चा, बेसार– एक चिम्टी, कागतीको रस– आधा चम्चा (सुख्खा छाला हुनेले नराख्नुहोस्)

यी सबै सामग्रीलाई मिसाएर पेस्ट तयार गर्नुहोस् र अनुहारमा लगाउनुहोस् । १५–२० मिनेटपछि सादा पानीले अनुहार धुनुहोस् । यस फेसप्याकलाई तपाईं हप्तामा २ देखि ३ पटक लगाउन सक्नुहुन्छ ।

यो फेसप्याक लगाउनाले छाला गहिराईबाट सफा हुन्छ र मृत कोषिका बाहिर आउँछन् । जसले गर्दा तपाईंको छाला मुलायम हुन्छ ।

यो फेसप्याक लगाउँदा अनुहार कसिलो हुन्छ जसले गर्दा चाउरीपना कम हुन थाल्छ । यसको नियमित प्रयोगले छालालाई बुढो हुनबाट जोगाउन सक्नुहुन्छ ।

बेसन र मह दुवैले अनुहारको दाग धब्बा हटाउन सहयोग गर्दछन् । साथै अनुहारको प्राकृतिक रंगमा निखार ल्याउने काम गर्छ ।

साथै यसमा मोइस्चराइजिंग गुण पनि पाइन्छन् जसले छालालाई चिल्लो बनाउँछ र सुख्खा छाला चम्किलो हुन्छ ।

बेसन र महले छालामा जम्मा भएको फोहोर निकाल्छ र जसले गर्दा छाला कोमल र प्राकृतिक रुपमा सुन्दर देखिन्छ । साथै डन्डीफोरको समस्या पनि हट्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved