नेपाल एकीकरणजस्तै आर्थिक सम्मृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ – ढकाल

नेपालभ्युज

नेपाल एकीकरणजस्तै आर्थिक सम्मृद्धिको अभियान पनि गोरखाबाटै सुरु गरौँ – ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनुपर्ने बताएका छन्। गोरखा उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनीतिक भूमिका रहेका दुई ठुला आयोजनाहरू गोरखकाली रबर उद्योग पुनः सञ्चालन र बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्नुपर्ने बताएका हुन्।

“नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग सञ्चालन गर्न मैले पनि पहल गर्नेछु। यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,” उनले भनिन् ‘‘यसका साथै बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।”

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए।

कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठुलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। ‘‘नेपाल एकीकरण गोरखाबाट शुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा विकास गर्नुपर्छ’’ उनले भने

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरू देखिएको बताउँदै उहाँले व्यवसायीहरूलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरे।

“कोरोना महामारी सँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए । हामी महासङ्घको नेतृत्व बैंकको ब्याजदर लगायत व्यवसायीहरूका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ । त्यसकै फलस्वरूप आंशिक रूपमा भए पनि व्यवसायीहरूका मागहरू सम्बोधन भएका छन् । हामी महासंघका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौँ,” उनले भने।

उनले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरू सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए।

उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरूले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए।

उनले महासंघको आगामी ५७औँ अधिवेशनमा विभिन्न पदमा प्रत्याशी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैर जिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved