प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

नेपालभ्युज

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दै छ।

प्रधानमन्त्रीले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्। सुरुमा विश्वासको मत दिएर सरकारमा सहभागी रास्वपाले सरकार छाडे पनि विश्वासको मत कायमै राखेको थियो। अब फेरि सरकारमा जाने चर्चा चले पनि के गर्ला चासोको विषय बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved