आज स्ववियु निर्वाचन हुँदै, केही ठूला क्याम्पसमा भने रोकियो

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

नेपालभ्युज

आज स्ववियु निर्वाचन हुँदै, केही ठूला क्याम्पसमा भने रोकियो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदैछ ।

मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।

२०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा भएको छैन । देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखरा, वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पस, काठमाडौंका रत्न राज्य, नेपाल कमर्स, त्रिचन्द्र, पाटन संयुक्त लगायतका क्याम्पसमा आइतबारको निर्वाचन सरेको छ ।

एमालेनिकट अनेरास्ववियुले सत्ता गठबन्धनमा आबद्ध विद्यार्थीहरूले चुनाव हार्ने भएपछि तालाबन्दी गरेको आरोप लगाएको छ । सत्तापक्षले भने एमाले अखिलले फर्जी भर्ना गरेको आरोप लगाएका छन् ।

अधिकांश क्याम्पसमा सत्ता गठबन्धनमा आबद्ध नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र नेकपा एकिकृत समाजवादी आबद्ध अनेरास्ववियूको गठबन्धन र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा छ ।

केन्द्रीय क्याम्पस,पुल्चोक इन्जिनियरिङ क्याम्पसलगायत चारवटा क्याम्पसमा यसपटक विद्युतीय मतदान हुने त्रिविले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved