एम्प्टी नेस्ट सिन्ड्रोम के हो जानौं, यसको कारण लक्षण र उपचार

यदी छोराछोरी आउन सम्भव छैन भने तपाईंहरु उनीहरुलाई भेट्न जान सक्नुहुन्छ । वर्षमा एकदुई पटक भेटघाट गर्ने तथा नियमित सम्पर्कमा रहँदा तपाईंलाई तनाव कम हुन्छ ।

नेपालभ्युज

एम्प्टी नेस्ट सिन्ड्रोम के हो जानौं, यसको कारण लक्षण र उपचार

एजेन्सी । हरेक बाउआमा आफ्नो बच्चालाई सफल व्यक्ति बनाउनका लागि दिनरात एक गर्छन् तर जब बच्चा एकदिन सफल हुन्छ तब उसँग बाउआमाका लागि समय नै हुँदैन ।

कैयौं पटक छोराछोरी जागिर तथा व्यापारका लागि देश नै छोडेर टाढा पनि जानुपर्ने अवस्था हुन्छ । कतिपय एउटै देश तथा शहर भए पनि एउटा परिस्थितिमा बच्चाहरु बाउआमासँग अलग बस्न थाल्छन् ।

त्यसपछि बाउआमाको अनुहारमा चिन्ता, उदासी, एक्लोपनको झलक देखिन थाल्छ । यही एक्लोपन र खालीपनको पिडालाई ‘एम्प्टी नेस्ट सिन्ड्रोम’ भनिन्छ । आउनुहोस् जानौं यसको लक्षण र उपचार विधिका बारेमा ।

एम्प्टी नेस्ट सिन्ड्रोमको लक्षण

यसबाट पीडित व्यक्तिलाई निद्रा कम लाग्ने गर्छ । अनुहारमा उदासी देखिने गर्दछ । कहिलेकाँही व्यक्ति क्रोधित पनि हुने गर्छ । यस्तो बेला उसले आफैलाई नोक्सान पु¥याउने कोसिस पनि गर्छ । यसबाहेक तनाव, चिन्ता र एक्लोपन आदिको समस्या पनि देखिन सक्छ ।

यसबाट बच्ने उपाय

यदी तपाईंलाई यी माथि मध्ये कुनै पनि लक्षणहरु देखिएको छ भने तपाईं एम्प्टी नेस्ट सिन्ड्रोमबाट पीडित हुनुहुन्छ । यसबाट बच्नका लागि केही टिप्सहरु अपनाउन सक्नुहुन्छ ।

– तपाईं आफ्ना छोराछोरी तथा आफन्तको सम्पर्कमा रहनुहोस् । यदी बच्चा टाढा छन् भने फोनको माध्यमबाट नियमित सम्पर्कमा रहिरहनुहोस् ।

– यदी छोराछोरी आउन सम्भव छैन भने तपाईंहरु उनीहरुलाई भेट्न जान सक्नुहुन्छ । वर्षमा एकदुई पटक भेटघाट गर्ने तथा नियमित सम्पर्कमा रहँदा तपाईंलाई तनाव कम हुन्छ ।

– सधै सकारात्मक सोंच्नुहोस् । हिजोआज धेरै व्यक्तिहरु नकारात्मक सोंच्ने र तनावपूर्ण जीवन जिउन थालेका छन् । यसले स्वास्थ्यमा एकदमै नराम्रो असर गर्दछ । त्यसैले सधैं सकारात्मक रहने कोसिस गरौं । आफूलाई मनपर्ने कामहरु गर्ने । विभिन्न पकवानहरु बनाएर खाने तथा फूलबारीमा काम गर्ने गर्न सकिन्छ ।

– आफ्ना साथीभाईं तथा आफन्तहरुसँग पनि कुराकानी गर्ने गर्नुहोस् । उनीहरुसँग आफ्नो समस्याको बारेमा छलफल गर्नुहोस् । यदी धेरै नै समस्या भइरहेको छ भने डाक्टरको सल्लाह लिन नभुल्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved