विश्वासको मतपछि मात्रै सरकारमा जान्छौँ : उपसभापति खड्का

अहिलेको पोजिसनबाट केही निर्णय नगरीकन कांग्रेस सरकार निर्माणबारेको छलफलमा भाग लिँदैन। पहिला विश्वासको मत लिएपछि मात्रै सरकारमा जाने हो।

नेपालभ्युज

विश्वासको मतपछि मात्रै सरकारमा जान्छौँ : उपसभापति खड्का

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको अढाई महिनामै दोस्रो पटक विश्वासको मत लिँदैछन्। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पुन मत लिन लागेका हुन्।

सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३ फागुनमा र एमालेले १५ फागुनमा फिर्ता लिएका थिए। राष्ट्रपति निर्वाचनको मनोनयनसँगै माओवादीले कांग्रेससँग तालमेल गरेपछि राप्रपा र एमाले सत्ता गठबन्धनबाट बाहिरिएपछि नयाँ कोर्ष सुरु भएको हो।

१० पुसमा ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसको २ महिनापछि फेरि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

तर गठबन्धनमा सरकार विस्तार पहिले की विश्वासको मत पहिले भन्नेमा गठबन्धन दलबीच विवाद सुरु भएको छ। प्रधानमन्त्री प्रचण्ड विश्वासको मत अघि नै सरकार विस्तार गर्दै आफू सुरक्षित हुन चाहन्छन्। तर, कांग्रेस भने पहिला विश्वासको मत दिएपछि सरकारमा जाने पक्षमा छ।

उपराष्ट्रपतिको मतदानपछि शुक्रबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘‘अहिले विश्वासको मतबारे मात्रै छलफल भएको छ। त्यसबाहेक केही कुरामा छलफल भएको छैन। कांग्रेस अहिलेसम्म प्रतिपक्षी नै हो। हामी सरकारमा जाने\नजानेबारे निर्णय भएको छैन। अहिलेको पोजिसनबाट केही निर्णय नगरीकन कांग्रेस सरकार निर्माणबारेको छलफलमा भाग लिँदैन। पहिला विश्वासको मत लिएपछि मात्रै सरकारमा जाने हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved