उपराष्ट्रपतिमा आफू निर्वाचित हुने शाक्यको दाबी

नेपालभ्युज

उपराष्ट्रपतिमा आफू निर्वाचित हुने शाक्यको दाबी

काठमाडौं। उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा आफू निर्वाचित हुने दाबी गरेकी छिन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी मतदानका क्रममा उनले आफू भारी मतले निर्वाचित हुने दाबी गरेकी हुन् ।

उनले एकजना पुरुष वा महिला राष्ट्रपति भएको अवस्थामा उपराष्ट्रपतिमा विपरीत लिंगको तथा समुदायको हुने बताउँदै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा आफू हुने दाबी गरिन् ।

उनले भनिन्, ‘राष्ट्रपति पुरुष भOसकेको अवस्थामा उपराष्ट्रपति पनि पुरुष नै बनाउन खोज्नू राम्रो होइन, त्यो लोकतान्त्रिक व्यवस्थाका विरुद्ध हुन्छ । उपराष्ट्रपति महिला हुनुपर्छ । र, म निर्वाचित हुनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved