२०८० सालको बिदाको सूची सार्वजनिक

नेपालभ्युज

२०८० सालको बिदाको सूची सार्वजनिक

काठमाडौं । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशित गरिएको छ। बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरिएको हो ।

सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको गृह मन्त्रालयले सूचनामाफर्त सार्वजनिक गरेको छ ।

सूचनामा जनाइए अनुसार  शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू रहेका छन् ।

२०८० सालमा  शनिबारको बिदा मात्रै ५२ दिन रहेको छ ।

फागुन १ गते पर्ने ‘जनयुद्ध दिवस’सहित  ६ दिन दिवस बिदा  उल्लेख गरिएको छ । यस्तै पाँच दिन जन्मजयन्ती बिदा पनि छ।

कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved