स्ववियु चुनावमा पार्टीको हस्तक्षेप : पूर्वगृहमन्त्री खाणलाई नेपाली कांग्रेसले खटायो कीर्तिपुर

नेपालभ्युज

स्ववियु चुनावमा पार्टीको हस्तक्षेप :  पूर्वगृहमन्त्री खाणलाई नेपाली कांग्रेसले खटायो कीर्तिपुर
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्ना विद्यार्थी उम्मेदवार जिताउने जिम्मेवारीसहित पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय क्याम्पस कीर्तिपुर खटाएको छ।

यसअघि, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई कीर्तिपुरमै जिम्मेवारी दिएर खटाएको थियो । यहाँ विद्यार्थी संगठनहरूबीच तालमेलको सम्भावनासमेत टर्दै गएको छ।

संगठनका आधिकारिक उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार हावी भइरहेको कुरा बाहिर आएपछि पूर्वगृहमन्त्रीहरू आफैं फिल्डमा खटिएका हुन्।

पार्टीहरूले घोषित रूपमा पूर्वगृहमन्त्री र पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी दिएको भए पनि त्यसलाई आधिकारिक रूपमा सार्वजजिनक भने गरेका छैनन्।

कांग्रेसले नेविसंघलाई जिताउन र माओवादीले अखिल क्रान्तिकारीलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी नेताहरूलाई खटाइएको जनाएको छ।

कांग्रेस स्रोतका अनुसार पूर्वगृहमन्त्री खाण त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, एनपी साउद शंकरदेव क्याम्पस, शंकर भण्डारी त्रिचन्द्र क्याम्पसका लागि जिम्मेवारी लिएर खटिएका छन् ।

स्ववियु निर्वाचनका लागि पार्टीमा मूल जिम्मेवारी भने नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ । नेवि संघमा टिकट वितरण र विद्यार्थी भर्नाका विषयमा पनि विवाद छ।

कांग्रेसले धेरैजसो क्याम्पसमा नेविसंघकै बागी उम्मेदवार रहेकाले तीनको व्यवस्थापन र संघभित्रको असन्तुष्टि हल गर्न नेवि संघका पूर्वअध्यक्षहरू रहेको नौ सदस्यीय समिति बनाएको छ।

पूर्वअध्यक्ष किशोरसिंह राठौर संयोजक रहेको उक्त टोलीमा गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर र राजीव ढुङ्गाना छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved