मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा

नेपालभ्युज

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं। कांग्रेस, एमाले र राप्रपानिकट किसान संघ-संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

माग तत्काल सम्बोधन गराउन दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ ।

किसानहरूलाई दिइँदै आएको एक मात्रै अनुदान अविलम्ब फिर्ता गराउन चैत ३ मा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

उनले किसानलाई राहत दिन सुरु गरिएको सो आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनीसमेत दिए । फागुन २६ मा सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ-संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरूप आन्दोलन सुरु गरेका छन् । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारसँग माग गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved