ढाड दुख्ने कारण र यसको उपचार

नेपालभ्युज

ढाड दुख्ने कारण र यसको उपचार

एजेन्सी । ढाड दुख्नुको प्रमुख कारण गलत तरिकाले काम गर्नु वा बस्नु हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्छ । जसले गर्दा दुखाई हुने गर्छ ।

मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करीब ७० प्रतिशत मेकानिकल ब्याकपेन हुने गरेको पाइन्छ ।

कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै हुने गर्छ । एउटै पोजिसनमा बस्दा पछिल्तिरको मांसपेशी बढी नै थाक्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या आउँछ, जुन पोस्चुगल ब्याकपेन हो ।

चोटपटकबाट मेरुदण्ड भाँचिनु, चिरिनु, नसा च्यापिनु तथा जन्मजातै जोर्नीमा समस्या हुनु आदि कारणले ढाड दुख्छ । चोटपटक लाग्दा र बसाई नमिल्नु जस्ता कारण हड्डीको बीचमा रहेको डिस्क बाहिर आउँछ । यसले गर्दा पछाडिको भागमा गएर नसा च्यापिन्छ ।

मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत दुखाई हुने गर्छ । उक्त संक्रमण ब्याक्टेरियल र टिबी रोग जस्ता कारणले हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खाँदा दुखाइ हुन्छ ।

ढाड दुखाइको अन्य प्रमुख कारण ट्यूमर र क्यान्सर हो । शरीरको विभिन्न भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बस्छ । त्यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्यूमर हुन सक्छ, जसलाई मायलोमा भनिन्छ ।

उपचार

ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाई भएमा औषधीको सेवनबाटै निको हुन्छ । त्यस्तै, फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।

आफ्नो बसाई तथा उठाईको पोस्चरलाई परिवर्तन गर्नुहोस् । ढाडलाई धेरै कुप्रो पार्नुहुँदैन । यसले पनि धेरै हदसम्म दुखाई कम हुन्छ । साथै विभिन्न योग तथा व्यायाम गर्न सक्नुहुन्छ जसले ढाड दुख्ने समस्यालाई निको पार्ने गर्दछन् ।

सबै उपचार गर्नुपूर्व स्वास्थ्य विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । जसले गर्दा सही कारण पत्ता लाग्दछ र सही उपचार विधिको प्रयोग गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved