आलोचनापछि सच्चियो राष्ट्रपति पौडेलको फोटो, दुवै गालामा कोठीसहितको फोटो अपडेट

अहिले राष्ट्रपति पौडेलको अनुहारको दायाँ र बायाँपट्टि दुवैमा प्रस्ट देखिने कोठीसहितको फोटो पोस्ट गरिएको छ। फोटो आकर्षक बनाउने चक्करमा राष्ट्रपति पौडेलको अनुहारै परिवर्तन गरेको राष्ट्रपति कार्यालयले विवादपछि सुटुक्क वास्तविक हुलियासहितको फोटो अपडेट गरेको हो।

नेपालभ्युज

आलोचनापछि सच्चियो राष्ट्रपति पौडेलको फोटो, दुवै गालामा कोठीसहितको फोटो अपडेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको अनुहार र हुलिया नै परिवर्तन गरेर आधिकारिक वेबसाइटमा फोटो राखेको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयले फोटो परिवर्तन गरेको छ।

फोटो आकर्षक बनाउने चक्करमा राष्ट्रपति पौडेलको अनुहारै परिवर्तन गरेको राष्ट्रपति कार्यालयले विवादपछि सुटुक्क वास्तविक हुलियासहितको फोटो अपडेट गरेको हो।

अहिले राष्ट्रपति पौडेलको अनुहारको दायाँ र बायाँपट्टि दुवैमा प्रस्ट देखिने कोठीसहितको फोटो पोस्ट गरिएको छ।  फोटोमा गोरोपन पनि कम गरिएको छ।

यसअघि, पौडेलले पदभार ग्रहण गरेलगतै राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा अपडेट गरेको उनको फोटोबारे विवाद भएको थियो। वेबसाइटमा राखिएको राष्ट्रपति पौडेलको फोटोमा वास्तविक अनुहार र एडिट गरिएको अनुहारमा धेरै भिन्नता थियो।

फोटो आकर्षक बनाउने चक्करमा राष्ट्रपति पौडेलको अनुहारै परिवर्तन, कोठी नै गायब

७८ वर्षीय राष्ट्रपति पौडेलको फोटो आकर्षक बनाउने नाममा अनुहार धेरै एडिट गरिएको र कोठी हटाइएको थियो। अनुहारको चाउरीपना समेत मेटाइएको थियो। राष्ट्रपति पौडेलको अनुहारको दायाँ र बायाँपट्टि दुवैमा प्रस्ट देखिने कोठी छ। तर, फोटोमा मेटाएर राखिएको थियो।

उच्च ओहोदाका व्यक्तिको फोटोले नै उनीहरूको प्रतिनिधित्व गर्ने भएकाले वास्तविकतामा व्यक्ति जस्तो छ, फोटो पनि उस्तै राख्नुपर्ने सुझाव आएपछि राष्ट्रपति कार्यालयले त्रुटि सच्चाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved