फोटो आकर्षक बनाउने चक्करमा राष्ट्रपति पौडेलको अनुहारै परिवर्तन, कोठी नै गायब

वास्तविक अनुहार र एडिट गरिएको अनुहारमा धेरै भिन्नता छ। ७८ वर्षीय राष्ट्रपति पौडेलको फोटो आकर्षक बनाउने नाममा अनुहार धेरै एडिट गरिएको र कोठी हटाइएको छ।

नेपालभ्युज

फोटो आकर्षक बनाउने चक्करमा राष्ट्रपति पौडेलको अनुहारै परिवर्तन, कोठी नै गायब

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेसँगै राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइटमा अपडेट गरेको उनको फोटोबारे विवाद भएको छ। वेबसाइटमा राखिएको राष्ट्रपति पौडेलको फोटो भने नचिनिनेगरी राखिएको भन्दै कतिपयले असन्तुष्टि जनाएका हुन्।

वास्तविक अनुहार र एडिट गरिएको अनुहारमा धेरै भिन्नता छ। ७८ वर्षीय राष्ट्रपति पौडेलको फोटो आकर्षक बनाउने नाममा अनुहार धेरै एडिट गरिएको र कोठी हटाइएको छ। राष्ट्रपति पौडेलको अनुहारको दायाँ र बायाँपट्टि दुवैमा प्रस्ट देखिने कोठी छ।

उच्च ओहदाका व्यक्तिको फोटोले नै उनीहरूको प्रतिनिधित्व गर्ने भएकाले वास्तविकतामा व्यक्ति जस्तो छ, फोटो पनि उस्तै राख्नुपर्ने सुझाव उनीहरूले दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved