लाइपजिगको पोष्टमा ७ गोल हान्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

नेपालभ्युज

लाइपजिगको पोष्टमा ७ गोल हान्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा

एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगलाई ७–० गोलले हराउँदै सिटी अन्तिम ८ मा  पुगेको हो । सिटीले पहिलो लेगमा १ गोले गरेकाले समग्रमा ८–१ गोलसँगै क्वार्टरफाइनलमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले पनि एक\एक गोल गरे ।

पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् ।

यस्तै, इटालियन क्लब इन्टर मिलान सन् २०११ पछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१२ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा इन्टर मिलानले प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टो दोस्रो लेगमा गोलरहित बराबरी तथा समग्रमा १–० को जित निकाल्न सफल भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved