कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेसले  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बुधबार बिहान ११ बजेका लागी बस्नेछ ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षाका साथै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ।

त्यस्तै उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको सहभागीता रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved