काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेछ : गगन थापा

नेपालभ्युज

काँग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेछ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गरेका छन् । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोइरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पारे ।

उनले हाम्रो भागको समस्याको समाधान हामी आफैंले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराए ।

‘रोजगारी सृजना हुन्छ तर नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन् ? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतबस नेपालीलाई कामै दिन्न भनेको त होइन होला’ महामन्त्री थापाले भने, ‘ के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन ? आजको च्यालेन्ज यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो विपी कोइरालाले यसको बारेमा केही केही बोलिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त ।’

उनले विपी कोइराला काँग्रेसका लागि मूल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैंले समाधान गरेर अघि बढनुपर्ने बताए । उनले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताए । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो ।

उनले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved