विश्वकीर्तिमान बनाउने यात्रामा सन्दीप, १० खेलमा २९ विकेट

सबैभन्दा छिटो १०० विकेट लिने सम्भावना

एकदिवसीय अन्तराष्ट्रियमा सन्दीपले कुल ४० खेलमा ९८ विकेट लिइसकेका छन् । यदि यूएईविरुद्धको आगामी खेलमा थप २ विकेट लिन सके उनी एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन् ।

विश्वकीर्तिमान बनाउने यात्रामा सन्दीप, १० खेलमा २९ विकेट

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालको अब १ खेल मात्रै बाँकी छ । नेपालले खेलेको ३५ मध्ये १८ खेलमा जित निकाल्दा १५ मा पराजय व्यहोरेको छ । १ खेल बराबरी र १ खेल नतिजाविहिन भएको छ । लिग २ बाटै नेपालले एकदिवसीय मान्यता पनि जोगाउन सफल भयो ।

सन्दीप लामिछानेका लागि भने लिग–२ विश्वकीर्तिमानको यात्रामा निकै सहयोगी भएको छ । उनले पछिल्ला १० खेलमा २९ विकेट लिएका छन् । एकदिवसीय क्रिकेटमा ९८ विकेट लिइसकेका उनी विश्वकीर्तिमानको नजिकै छन् । त्यो हो सबैभन्दा छिटो १०० विकेट ।

छिटो ५० विकेट पुरा गर्ने खेलाडीको सूचीमा सन्दिप दोस्रो स्थानमा छन् ।  घरेलु मैदानमा उनले २२ औँ खेलमा पीएनजीविरुद्ध आफ्नो ५० विकेट पुरा गरेका थिए ।

लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप दोस्रो स्थानमा छन्। सन्दीपले ३० खेलमा ७१ विकेट लिएका छन् । ३५ खेलमा ७६ विकेट लिएका ओमानका विलाल खान शीर्ष स्थानमा छन् । ३५ खेलमा ५८ विकेट लिएका अमेरिकाका सौरभ नेत्राभाल्कर तेस्रो स्थानमा छन् ।

यूएईविरुद्धको आगामी खेलमा अर्को फाइफर लिन सके सन्दीप लिग–२ को शीर्ष स्थानमा उक्लिने सम्भावना छ।

एकदिवसीय अन्तराष्ट्रियमा सन्दीपले कुल ४० खेलमा ९८ विकेट लिइसकेका छन् । यदि यूएईविरुद्धको आगामी खेलमा थप २ विकेट लिन सके उनी एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट पुरा गर्ने खेलाडी बन्नेछन् । उनी १०० विकेट लिने पहिलो नेपाली खेलाडी पनि हुनेछन् ।

४४ खेलमा १०० विकेट लिएका अफगानिस्तानका राशिद खानको नाममा यो कीर्तिमान छ । दोस्रो स्थानमा ५२ खेलमा १०० विकेट पुरा गरेका अष्ट्रेलियाका मिचेल स्टार्क छन् ।  ५३ खेलमा १०० विकेट लिएका पाकिस्तानका सकलेन मुश्ताक तेस्रो स्थानमा छन् ।

बलात्कारको आरोपपछि थुनामा परेका सन्दीप धरौटीमा रिहा भएपछि खेलमा फर्केका हुन् । लिग २ का पछिल्ला ११ मध्ये उनले १० खेलमा सहभागी हुने अवसर पाए । त्यसमा उनले २९ विकेट लिए । औसतमा हरेक खेलमा तीन विकेट ।

सन् २०२३ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा त सन्दीप शीर्ष स्थानमा छन् । यो सूचीमा ६ खेलमा १५ विकेट लिएका नामिबियाका रुबेन ट्रम्पलम्यान दोस्रो र ५ खेलमा  १४ विकेट लिएका भारतका मोहम्मद सिराज तेस्रो स्थानमा छन् ।

सन् २०२३ मा सन्दीपले कुल ३ सिरिज खेलिसकेका छन् । घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजमा उनले १३ विकेट लिएका थिए । सो सिरिजमा सन्दीपले पहिलो चरणका खेलमा नामिबिया र स्कटल्यान्डविरुद्ध ३-३ विकेट लिएका थिए । दोस्रो चरणमा नामिबियाविरुद्ध ३ र  स्कटल्यान्डविरुद्ध ४ विकेट लिए ।

यसपश्चात दुबईंमा भएको सिरिजमा भने सन्दीप ढिला पुगे । अदालती आदेशका कारण मात्रै उनी खेल्न पाए । तर एउटा खेल भने उनको छुट्यो । यूएईमा तीन खेलमा उनले कुल ५ विकेट लिए । यूएईविरुद्धको खेलमा ३ विकेट लिएका थिए । बाँकी दुई खेलमा १–१ विकेट लिए ।

नेपालमा जारी लिग–२ को सिरिजमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । कीर्तिपुरमा भएका पछिल्ला ३ खेलमा सन्दीपले ११ विकेट लिइसकेका छन् ।

पीएनजीसँगको पहिलो खेलमा ४ तथा दोस्रो खेलमा यूएईविरुद्ध २ विकेट लिएका सन्दीपले सोमबार आफ्नो तेस्रो फाइफर पुरा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved